कला


काठमाडौँमा ग्ल्याम नेपाल इन्टरनेसनल फेसन सो, यी अभिनेता र अभिनेत्रीले दिए प्रस्तुति

काठमाडौँमा ग्ल्याम नेपाल इन्टरनेसनल फेसन सो, यी अभिनेता र अभिनेत्रीले दिए प्रस्तुति

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २०:२०, काठमाडौँ

प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेसन सो सम्पन्न भएको छ।

काठमाडौँमा आयोजित समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागितामा सो सम्पन्न भएको हो। 

विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन सोमा आठ जना डिजाइनरले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए।

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन सोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

उनले भने, ‘नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन सोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ। चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ।’

फेसन सोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए। अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरुना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, र्‍यापर साकारलगायत कलाकारले प्रस्तुति दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad