कला


प्रियंका वा कंगना होइन, ‘कृष ४’ मा ऋतिकसँग देखिनेछिन् यी अभिनेत्री

प्रियंका वा कंगना होइन, ‘कृष ४’ मा ऋतिकसँग देखिनेछिन् यी अभिनेत्री

नेपालखबर
पुस २, २०८१ मंगलबार १४:११, काठमाडौँ

बलिउड सुपरहिरो फ्रेन्चाइज ‘कृष’ का तीनवटा श्रृंखला निकै सफल छन्। अब ११ वर्षपछि ‘कृष’ को चौथो सिरिज बन्ने तयारी हुँदैछ। यसमा पनि ऋतिक रोशन पनि सुपरहिरो बन्नेछन्। तर, अभिनेत्रीबारे भने अहिलेसम्म सस्पेन्स छ। 

‘कृष’ फिल्म सन् २००३ मा रिलिज भएको ‘कोई मिल गया’ को सिक्वेल हो।  जसमा ऋतिकसँग प्रीति जिन्टा मुख्य भूमिकामा देखिएकी थिइन्। सन् २००६ मा आएको ‘कृष’ मा ऋतिक रोशन सुपरहिरोको रुपमा चर्चित भए। जसमा प्रियंका चोपडा मुख्य अभिनेत्री थिइन्।

७ वर्षपछि सन् २०१३ मा ‘कृष ३’ प्रदर्शनमा आयो। यसमा ऋतिक र प्रियंकासँगै कंगना रनौत र विवेक ओबेरोय मुख्य भूमिकामा थिए। अब ‘कृष ४’ आउँदैछ, तर यसमा न प्रियंका देखिनेछिन् न कंगना रनौत। 

राकेश रोशनको फिल्म क्रिस ४ मा सर्वाधिक चर्चित श्रद्धा कपुर देखिनेछिन्। अहिले एउटा भिडिओ सार्वजनिक भएको छ, जसपछि मानिसहरूले श्रद्धा कृषको चौथो श्रृंखलमा देखिने अनुमान गरेका छन्। 

खासमा, श्रद्धा कपूरको अन्तर्वार्ताको एक भिडिओ सार्वजनिक भएको छ। यस क्लिपमा जब अभिनेत्रीलाई उनको अर्को फिल्म कहिले आउँदैछ भनेर सोधिएको थियो। त्यसपछि उनले आउँदो वर्षको जनवरीमा आफ्नो आगामी फिल्मको बारेमा बताउने बताइन्। राकेश रोशनले हालैको एक अन्तर्वार्तामा जनवरी २०२५ मा ‘कृष ४’ घोषणा गर्ने बताएका थिए।

यति मात्र होइन, श्रद्धा कपूर फिल्मका निर्देशक सिद्धार्थ आनन्दको अफिस बाहिर पनि देखिएकी छिन्। यस्तो अवस्थामा श्रद्धाले ‘कृष ४’ को बारेमा मात्रै कुरा गरिरहेको फ्यानहरुले अनुमान गरिरहेका छन्। यद्यपि, अभिनेत्री वा निर्माताहरूबाट अहिलेसम्म यसबारे आधिकारिक घोषणा गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad