कला


कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ बन्ने

कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ बन्ने

नेपालखबर
पुस ३, २०८१ बुधबार १५:९, काठमाडौँ

कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ बन्ने भएको छ। आरएल लामा मोक्तानको निर्देशन रहने फिल्मको पौष दोस्रो साताबाट सुरू हुनेछ। यस फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै लेखेका हुन्।

लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुा गुरुङ, निमा लामा, रसिला कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। फिल्मका लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए।

रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको सिनेमामा आर सुनाम मोक्तानको लगानी रहनेछ। मियम मोक्तान सह–निर्माता रहेको सिनेमामा रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्धन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad