गत वैशाखमा गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग बैवाहिक बन्धनमा बाँधिइन्। बिहेको केही महिनामै एलिना श्रीमानसँगै अष्ट्रेलिया उडिन्।
तर, गत तीजको अवसरमा नेपाल आएकी एलिना अष्ट्रेलिया फर्किएकी छैनन्। विष्णु भने उता फर्निचरको व्यवसाय समालेर बसिरहेका छन्।
केही समयअघि एलिना ओशो ध्यानमा देखिएकी थिइन्। अष्ट्रेलिया नर्फिनु त्यसमाथि ओशोमा देखिनु। जसले श्रीमानसँगको सम्बन्धमा दरार आएको भन्दै मिडियामा निकै हल्ला चल्यो। त्यसयता एलिनालाई श्रीमानसँगको सम्बन्धको प्रश्नले छोड्ने गरेको छैन। दर्शकहरुले पनि कमेन्ट गरिरहेका हुन्छन्।
आइतबार पनि त्यस्तै भयो। एलिना ‘अब हाँस्छ अमेरिका, अब सुन्छ अमेरिका र अब नाच्छ अमेरिका’ को कार्यक्रममा पुगेकी थिइन्। जहाँ उनलाई युट्युबरले घेरिहाले। श्रीमानसँगको सम्बन्धबारे एलिनालाई प्रश्न तेर्साए।

जसको जवाफमा एलिनामा भनिन्, ‘अडियन्सहरुले यत्रो लामो समय किन टाढा बसेको भनेर चिन्ता व्यक्त गर्नुभएको होला। तर, आआफ्नो बाध्यता र काम हुन्छ नि! मैले पनि काम छोडेर चटक्कै उता जान सक्दिनँ। उहाँले पनि मेरो लागि अष्ट्रेलियाको त्यत्रो बिजनेस छोडर आउछु भन्न सक्नुहुन्न। अब मिलाएर हामीले गरिरहेका थियौं। जुन बिहेगर्नुअघि नै सल्लाह गरेका थियौँ।’
दुइरचार महिना टाढा हुँदैमा सम्बन्ध बिग्रिएको समाचार बनाउन नहुने उनको भनाइ थियो। साथै उनले मनको शान्तिको लागि ओशो गएको बताउँदै श्रीमानसँग राम्रो सम्बन्ध रहेको दाबी गरिन्। श्रीमानसँग सम्बन्ध बिग्रिएको प्रश्न सामना गर्दा एलिनाको मुहारमा हैरानी झल्किन्थ्यो।
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत प्रस्तुतिको लागि एलिना गायक बद्री पङगेनी, प्रताप दास, कला लम्सालसहित सन् २०२५ मा अमेरिका जानेछिन्।
Shares

प्रतिक्रिया