कला


अंग्रेजी नयाँ वर्षमा ‘चिल म्युजिक फेस्ट’ मा तीन ब्यान्डको प्रस्तुति

अंग्रेजी नयाँ वर्षमा ‘चिल म्युजिक फेस्ट’ मा तीन ब्यान्डको प्रस्तुति

नेपालखबर
पुस १४, २०८१ आइतबार १५:४, काठमाडौँ

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन ब्यान्ड एकसाथ गुञ्जिने भएका छन्। एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वपले सांगीतिक प्रस्तुति दिन लागेका हुन्।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क ९पीभीई नेटवर्क० को प्रस्तुतीमा भइरहेको ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत यी तीन ब्यान्ड गुञ्जिन लागेका हुन्।

पीभीई नेटवर्कका अनुसार गैरीधारामा व्याण्डहरुले साँझ ७ बजेदेखि सांगीतिक प्रस्तुती दिनेछन्। ‘कार्यक्रममा व्याण्डहरुको सांगीतिक विविधता, परिकार र जलपानसँगै नयाँ वर्षको विशेष उत्सव हुनेछ’, पीभीई नेटवर्कले भनेको छ।

यी तीन व्याण्डले ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत झापा र बुटवलको तिलोतमामा कन्सर्ट गरिसकेका छन्। झापा कन्सर्टका इभेन्ट संयोजक सोनु पुडासैनी र बुटवल संयोजक अशोक थापाले दुवै स्थानमा उल्लेखनीय दर्शकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताए।

‘हामीले झापा र बुटवलको तिलोतमामा क्रिसमस इभको अवसर पारेर उल्लेख्य मात्रामा संगीत पारखीमाझ कार्यक्रम गर्न सफल भयौं’, थापाले भने।
कार्यक्रमका काठमाडौं संयोजक रोहित श्रेष्ठले खल्ती एपमार्फत कार्यक्रमका लागि टिकट बुकिङ भइरहेको बताए।

‘यो दिन काठमाडौंमा अन्य ठूलो कार्यक्रम नभएकाले नयाँ वर्षको इभलाई हामी विशेष महत्व दिएर कार्यक्रम गर्दैछौं’, रोहितले भने। उनले आकर्षक स्टेज सजावटसँगै नयाँ वर्षलाई स्वागत गर्न विशेष तयारी भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad