कला


यी हुन् २०२४ मा सर्वाधिक कमाइ गर्ने १० भारतीय फिल्म

यी हुन् २०२४ मा सर्वाधिक कमाइ गर्ने १० भारतीय फिल्म

नेपालखबर
पुस १५, २०८१ सोमबार १४:४८, काठमाडौँ

सन् २०२४ भारतीय फिल्महरुका लागि सुखद् वर्ष सावित भएको छ। बलिउड होस् वा दक्षिण भारतीय फिल्म। सन् २०२४ मा प्रदर्शन भएका धेरै फिल्महरु बक्सअफिसमा सफल भए।

यसवर्ष ठूला फिल्महरु मात्रै सफल भएनन्। साना बजेटका फिल्महरुले पनि बक्सअफिसमा कमाल गरे। स्त्री २, लापत्ता लेडिज, मञ्जुम्मेल ब्वाईज, मुन्ज्या र हनुमान जस्ता पाँच साना बजेटका फिल्म हुन्। यी फिल्महरूको कुल बजेट १५५ करोड भारतीय रुपैयाँ थियो। तर, यी सबै फिल्मले १५ सय करोडभन्दा बढीको व्यापार गरे।

यतिखेर अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ बक्सअफिसमा तहल्का मच्चाइरहेको छ। ५ डिसेम्बरबाट रिलिज भएको यस फिल्मले विश्वभरिबाट १७१९ करोड भारु कमाइसकेको छ। योसँगै ‘पुष्पा-२’ यसवर्षकै सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ।

घरेलु बक्सअफिसमा भने यस फिल्मले ११ सय करोड भारुको आकंडा पार गरिसकेको छ।

पुष्पा २ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको तेस्रो नम्बरमा छ। पहिलोमा ‘दंगल’ र दोस्रोमा ‘बाहुबली २’ रहेको छ। जुन रेकर्ड तोड्न ‘पुष्पा-२’ लागिरहेको छ। अल्लु अर्जुनको यो फिल्मको बजेट ४०० करोड थियो । हिन्दी संस्करणतर्फ पनि यो ७०० करोड कमाउने पहिलो फिल्म बनेको छ।

त्यसैगरि, योवर्ष सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा दक्षिण भारतीय फिल्म ‘कल्की: २८९८ एडी’ रहेको छ। प्रभास स्टारर यस फिल्मले १ हजार ४२ करोड भारु कमाएको छ। यस फिल्म प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

अगस्ट १५ मा रिलिज भएको बलिउड फिल्म ‘स्त्री २’ सर्वाधिक कमाइ गर्ने फिल्मको तेस्रो नम्बरमा छ। श्रद्धा कपुर र राजकुमार रावको मुख्य भूमिका रहेको ‘स्त्री २’ बलिउडकै ब्लकबस्टर फिल्म हो। यस फिल्मले विश्वभर ८ सय ७४ करोड ग्रस कलेक्सन गरेको थियो।

त्यसैगरि, साउथ स्टार थलापति विजयको ‘द ग्रेटेस्ट अफ अल टाइम’ धेरै कमाउने चौथो फिल्म हो। सेप्टेम्बर ५ मा प्रदर्शन भएको यस फिल्मले विश्वभरिबाट ४५६ करोड भारु कमाएको थियो। साथै यो वर्षकै सबैभन्दा धेरै कमाउने तमिल फिल्म समेत हो।

एनटीआर जुनियर स्टारर तेलुगु फिल्म ‘देवरा: पार्ट १’ पाँचौं नम्बरमा छ। २७ सेप्टेम्बरमा रिलिज भएको यस विश्वभरिबाट ४०३ करोड भारु कमाएको थियो। कोराताला शिवाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा एनटीआरसँगै सैफ अली खान र जाह्न्वी कपुर मुख्य भूमिकामा छन्।

कार्तिक आर्यन र तृप्ति डिमरी अभिनीत बलिउड फिल्म ‘भुल भुलैया ३’ बक्सअफिसमा हिट भयो। तिहारको अवसरमा रिलिज भएको यस फिल्ममा मञ्जुलिकाको भूमिकामा विद्या बालन देखिएकी थिइन्। दुइ हिट श्रृंखलाजस्तै ‘भुल भुलैया ३’ ले पनि ३५० करोड भारु कमाउँदै वर्षकै छैंटो हिट फिल्म बन्यो। हरर कमेडी यो वर्षको दोस्रो सर्वाधिक कमाउने हिन्दी फिल्म पनि बन्यो।

सातौं नम्बरमा भने अजय देवगन स्टारर बलिउड फिल्म ‘सिंगन अगेन’ रहेको छ। ‘भुल भुलैया ३’ सँगै रिलिज भएको यस फिल्मले पनि बक्सअफिसमा ३८९ करोड भारु कमायो। अजय देवगन स्टारर यो वर्षको तेस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो। यस फिल्ममा अजयसहित सलमान खान, अक्षय कुमार, करिना कपुर, दीपिका पादुकोण लगायतको अभिनय छ।

ऋतिक रोशनको फिल्म ‘फाइटर’ पनि यसवर्षको सफल फिल्ममा पर्छ। २५ जनवरीमा रिलिज भएको यस फिल्ममा ऋतिकसहित दीपिका पादुकोणको मुख्य भूमिका थियो। सिद्धार्थ आनन्द निर्देशित यस फिल्मले ३४४ करोड भारु कमाएको थियो।

राजकुमार पेरियासामी निर्देशित बायोपिक फिल्म ‘अमरन’ यसवर्षको हिट फिल्म हो। शिवकार्तिकेयन अभिनीत यस फिल्मले ३०० करोड बढी कमाइ गरेको थियो। अभिनेता शिवकार्तिकेयनसहित साई पल्लवी मुख्य भूमिकामा छिन्।

यस फिल्मले मेजर मुकुन्द वरदराजनको प्रेरणादायी कथालाई जीवित ल्याउँछ। यो फिल्म अरुर र राहुल सिंहको पुस्तक इण्डियाज् मस्ट ‘फेयरलेस: ट्रु स्टोरिज अफ मोर्डन मिलिटर्ली हिरोज’ मा आधारित छ। यो पुस्तकले मेजर मुकुन्दको वीरता र पराक्रमको कथालाई समेटेको छ।

तेजा सिज्जा स्टारर सुपरहिरो फिल्म ‘हनुमान’ यो वर्ष धेरै कमाउने दसौं फिल्म हो। प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ ले ३०० करोड भारुको व्यापार गरेको थियो। यद्धपी, यो वर्ष ‘बडे मियाँ छोटे मियाँ’ र ‘कंगुवा’ जस्ता ठूला बजेटका फिल्म फ्लप भए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad