र्याप ब्याटल सो ‘ब्याटल भूमि’को डिजिटल अडिसन खुलेको छ।
‘नेपहपको श्रीपेच-२’को सफलतासँगै निर्माण टोलीले सोको डिजिटल अडिसन खुला गरेको हो।
निर्माता सुदीप पोखरेलले नेपाली समाजमा र्याप र हिपहपको बढ्दो लोकप्रियतालाई ध्यान दिएर यो कार्यक्रमको सुरुवात गरेको बताए।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुन डब्ल्यूडब्ल्यूडब्ल्यू डट नेपालीर्याप डटकममार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन्।
त्यसपछि प्राप्त अडिसनमध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछ र उनीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। दामी मिडियाको प्रस्तुति रहेको सोको डिजिटल अडिसन पुस २६ गतेसम्म खुला रहनेछ।
डिजिटल अडिसनका लागि बिट श्रीपेच स्टुडिओको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्रि बिटमा पनि भिडिओ बनाएर पठाउन सकिनेछ।
विजेताले ५ लाख रुपैयाँ तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसर प्राप्त गर्नेछन्।
ब्याटल भूमिको निर्देशकमा रूपमा विक्रम खनाल रहने छन्।
सोको कार्यकारी निर्माताका रूपमा आदर्श विष्ट छन्। कार्यक्रमको मुख्य निर्णायकमा मानस घले रहनेछन्। उनलाई विभिन्न एपिसोडमा गेस्ट जजले पनि साथ दिनेछन्।

साथै ‘नेपहपको श्रीपेच-२’का उत्कृष्ट प्रतियोगी मनीष ढकाल मेकुलाई कार्यक्रम सञ्चालकको भूमिकामा देख्न पाइनेछ।
कार्यक्रमको मुख्य सहायक निर्देशकका रूपमा सुशान्त कटवाल छन्।
Shares

प्रतिक्रिया