ऋचा घिमिरेको फिल्म ‘तेल भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ। मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले शुक्रबार प्रदर्शनको ५१ औँ दिन मनाएको हो।
दर्शक तथा समीक्षकबाट समेत राम्रो प्रतिक्रिया पाएको सिनेमा ‘तेल भिसा’ले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१ औँ दिन मनाएको हो।
दक्षिण भारतीय सिनेमा पुष्पा २ का कारण न्युन शोमा खुम्चिएको सिनेमाले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा पनि ‘तेल भिसा’को शो थपिएको थियो । ‘तेल भिसा’को निर्देशक शंकर घिमिरे हुन् भने प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।
57
Shares

प्रतिक्रिया