कला


‘होस्टेल-३’ को ‘टिक टिक टिक’ बोलको गीत सार्वजनिक (भिडिओ)

‘होस्टेल-३’ को ‘टिक टिक टिक’ बोलको गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १३:२८, काठमाडौँ

फिल्म ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा फिल्मका सबै मुख्य कलाकारहरूको आकर्षक नृत्य छ। 
गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ। साथै सन्तोष राणाले र्‍याप भोकल दिएका छन्।

‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक,’ यस गीतले कलेज जीवनका उतारचढावलाई सङ्गीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडिओमा चार अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन्। प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन्।

आगामी फागुन २३ गते रिलिज हुने ‘होस्टेल ३’ चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो श्रृंखला हो। चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो। 

यसमा कलेज जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ। यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।

यो चलचित्र फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad