फागुनको १४ गतेबाट रिलिज हुने फिल्म ‘मायाबी’ नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर सुन्न सकिन्छ। दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ।
दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ। गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ बर्णन गरेको छ।
यो फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो फिल्ममा नेम महर्जनको पनि लगानी छ।
Shares

प्रतिक्रिया