सरोज पौडेलको निर्देशनमा बन्ने फिल्म ‘कोशेढुंगा’ मा कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्देशक सरोजका अनुसार यस फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा देखिनेछन्।
थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो। तर, को हो त्यो भने निर्देशक पौडेल खुलाएका छैनन्।
सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालमा मात्रै करिब ५० करोड ग्रस कलेक्सन गरिसकेको छ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ। दिनेश खड्का फिल्मको कार्यकारी निर्माता हुन्। फागुन २ गतेदेखि छायांकन हुने यो फिल्म आगामी वर्ष २०८२ मा रिलिज हुने बताइएको छ।
यो चलचित्रको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ।
Shares

प्रतिक्रिया