कला


कपिल शर्मालाई ज्यान मार्ने धम्की

कपिल शर्मालाई ज्यान मार्ने धम्की

फाइल तस्बिर: कमेडियन कपिल शर्मा


नेपालखबर
माघ १०, २०८१ बिहिबार १४:२, काठमाडौँ

भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कपिल शर्मालाई धम्कीपूर्ण इमेल पठाउने व्यक्तिले हास्य कलाकारका साथै उनका आफन्त, परिवारका सदस्य, परिचित, सहकर्मी र छिमेकीहरूलाई मार्ने धम्की दिएको छ। 

भारतीय पत्रिका आजतकका अनुसार मुम्बईको अम्बोली प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर अहिलेसम्म स्वयं कपिल वा उनको परिवारबाट यसबारे कुनै वक्तव्य जारी गरिएको छैन। 

कपिल शर्माभन्दा पहिले राजपाल यादव, रेमो डिसुजा र सुगंधा मिश्रालाई पनि ज्यान मार्ने धम्की आएको थियो। यो इमेल पठाउने व्यक्तिको नाम विष्णु रहेको बताइएको छ।

मुम्बई प्रहरी अनुसन्धानमा जुटेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad