कला


दीपेन्द्र गौचनको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ रिलिज

दीपेन्द्र गौचनको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ रिलिज

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८१ शुक्रबार ११:४९, काठमाडौँ

आज (शुक्रबार) दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ रिलिज भएको छ। नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म आजबाट हलमा लागेको हो। 

देशकै ठूलो चेन क्युएफएक्सले यस फिल्मलाई उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० शो दिएको छ। अन्य हलहरुले पनि राम्रै शो उपलब्ध गराएको छ। 

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा दीपेन्द्र निर्देशनसहित लेखन छ। चर्चित टेलिफिल्म ‘उजेली’ का निर्देशक गौचनले २२ वर्षपछि फर्किएका हुन्। 

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad