विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुर सांरगी’ ले बक्सअफिसमा इतिहास रचिसकेको छ। घरेलु बक्सअफिसमा ५० करोड बढीको व्यापार गर्दैं सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड कायम गरिसकेको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ‘पूर्ण बहादुर सांरगी’ कीर्तिमानी कमाइ गर्दा निकै खुसी लागिरहेको बताउँछन्। साथै कुनै मौका पारेर यो खुसीलाई सेलिब्रेट गर्ने समेत उनको दाबी छ।
‘५० करोड पुगेपछि सेलिब्रेसन गर्ने पक्षमा म थिए। तर, ५० करोड पुग्दा उहाँहरुको टिमभित्रै विभिन्न लफडाहरु भए। पार्टनरबीचमा असमझदारी हुँदा उहाँहरुलाई असर गर्यो। त्यो बेला गर्दा नेपाली फिल्मलाई नै फाइदा हुन्थ्यो,’अध्यक्ष डिसीले भने,’ त्यो त भएन। अब हामी कुनै मौका पारेर त्यसमा सेलिब्रेसन गर्नेछौं। जुन नेपाली फिल्मले उत्सव मनाउनुपर्ने कुरा हो।’
यस्तै, पूर्णबहादुरको सारंगी टिमले पनि आइतबार सफलतको ‘सेलिब्रेसन’ गर्दैछ।
सरोज पौडेलको कथा र लेखन रहेको यस फिल्ममा विजयसहित अञ्जना बराइली, मुकुन भुषाल, प्रकाश सपुत, भोलाराज सापकोटा लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया