कला


‘जनै हराएको बाहुन’ मा विजय बराल अनुबन्धित

‘जनै हराएको बाहुन’ मा विजय बराल अनुबन्धित

नेपालखबर
माघ १३, २०८१ आइतबार १७:२१, काठमाडौँ

फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ। फिल्मको मुख्य भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए।

हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का अभिनेता समेत रहेका बरालले जनै हराएको बाहुनु चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परेर चलचित्रमा जोडिएको प्रतिक्रिया दिए। चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन्।

पेपरक्लिप प्रालिले बनाउन लागेको यस चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ।

निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्।

यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक) हुन् भने एसोसियट निर्देशक प्रेम गीत ९ ३ का कलाकार मनिस राउत हुन्। भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन्।

चलचित्रका लागि अन्य  कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad