‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आठौँ संस्करण आगामी चैत ७ देखि ११ गतेसम्म काठमाडौँमा हुँदै छ।
महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय २ भागमा वर्गीकरण गरिएको छ।
राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छा
निएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि माघ २ गते ७० देशका ६ सयभन्दा बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र छानिएको आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ।
यसमध्ये नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाइएको हो।
उक्त चलचित्रलाई हटाएपछि सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीलाई आवेदनका लागि आयोजकले सामाजिक सञ्जालमार्फत आह्वान गरेको थियो। त्यसपछि प्राप्त चलचित्रबाट ‘सानो संसार’ छानिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।
सिद्धार्थ पुडासैनी निर्देशित यस फिल्ममा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटीलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा मध्यमवर्गिय परिवारको संघर्षको कथा छ। फिल्मका निर्माता अर्जुनकुमार डंगोल हुन्।
Shares

प्रतिक्रिया