चलचित्र ‘एक्टर टेक वान’ रिलिज गर्ने बाटो खुल्यो खुलेको छ।
बिहीबार चलचित्र रोक्न माग गर्दै अदालतमा पुगेको चलचित्र ‘एक्टर’ का निर्माता र ‘एक्टर: टेक वान’का निर्माताहरूबीच सहमति भएपछि रिलिजको बाटो खुलेको हो।
चलचित्र एक्टरका निर्माताले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै मंगलबार जिल्ला अदालत काठमाडौँले चलचित्र प्रदर्शन रोक्न आदेश दिँदै २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो। 
तर, त्यसअघि नै फिल्म ‘एक्टर टेक वान’को क्षतिलाई रोक्दै प्रतिलिपि अधिकार सम्बन्धी दायर निवेदन फिर्ता लिन दुवै पक्षले सहमति गरेका हुन्।
उक्त सहमतिसँगै फिल्म ‘एक्टरः टेक वन’ पक्षले यसको रिलिजबारे जानकारी गराउन आजै आकस्मिक पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।
Shares

प्रतिक्रिया