ग्लोबल


उत्तर प्रदेश: बलात्कार मुद्दा लागेका कंग्रेस सांसद राठौर पत्रकार सम्मेलनबाटै गिरफ्तार

उत्तर प्रदेश: बलात्कार मुद्दा लागेका कंग्रेस सांसद राठौर पत्रकार सम्मेलनबाटै गिरफ्तार

नेपालखबर
माघ १७, २०८१ बिहिबार १४:५२, काठमाडौँ

भारतको उत्तर प्रदेश सीतापुर लोकसभा सिटका कंग्रेस सांसद राकेश राठौरलाई पत्रकार सम्मेलन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलात्कार मुद्दाका आरोपित सांसद राठौरले उच्च अदालतले अग्रिम जमानत अस्वीकार गरेपछि आज घरमै पत्रकार सम्मेलन गर्दै थिए। प्रहरीले पत्रकार सम्मेलनकै क्रममा उनलाई नियन्त्रणमा लिएको हो। 

राकेश राठौरले उच्च अदालतको लखनऊ बेन्चमा अग्रिम जमानतका लागि निवेदन दिएका थिए। तर उच्च अदालतले निवेदन खारेज गर्दै आत्मसमर्पण गर्न भन्यो।

जनवरी १५ मा कोतवाली पुलिस स्टेसनमा एक महिलाले दिएको जाहेरीका आधारमा कंग्रेस सांसद राठौरविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो। 

पीडितले आफ्नो जाहेरीमा सांसद राठौरले विवाह गर्ने र राजनीतिक करिअर बनाइदिने आश्वासन दिएर चार वर्षदेखि धेरैपटक बलात्कार गरेको आरोप लगाएकी छन्। ती महिलाले प्रहरीलाई कल डिटेल र कल रेकर्डिङ पनि उपलब्ध गराएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad