बलिउड अभिनेता अर्जुन कपुर आगामी फिल्म ‘मेरे हजबेन्डकी बीवी’ मा व्यस्त छन्। हालै यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो। जहाँ अभिनेता अर्जुनलाई बिहेको योजनाबारे सोधिएको थियो।
जवाफमा अर्जुनले आफू अझै विवाह गर्न तयार नभएको बताए। उनले भने, ‘केही भयो भने सबै कुरा बताउछु। आजको दिन फिल्मको चर्चा गर्ने र मनाउने दिन हो। म फिल्मको बारेमा मात्र कुरा गर्न चाहन्छु। मलाई लाग्छ जब म सहज हुन्छु र जब उपयुक्त हुन्छ, म व्यक्तिगत जीवनको बारेमा कुरा गर्छु।’
साथै उनले बिहेभन्दा पनि फिल्मबारे कुरा गर्न समेत आग्रह गरे। ‘अब मलाई फिल्म मेरो हजबेन्डकी बीवी मनाउन दिनुहोस्। जब मेरो श्रीमती को बारेमा कुरा गर्ने समय आउँछ, हामी यसको बारेमा कुरा गर्नेछौँ।’
मलाइका अरोराले १९९८ मा अरबाज खानसँग पहिलो विवाह गरेकी थिइन्। सन् २०१६ मा दुवै अलग भए, त्यसपछि मलाइकाले अर्जुनसँग डेट गर्न थालिन्। सन् २०१९ मा, दुवैले आधिकारिक रूपमा इन्स्टा पोस्ट मार्फत आफ्नो सम्बन्ध पुष्टि गरे। तर, करिब ८ वर्षपछि दुवैको ब्रेकअप भइसकेको छ।
फिल्म सिंघम अगेनको प्रमोशनल इभेन्टमा अर्जुनले मलाइकासँग सम्बन्धमा नभएको पुष्टि गरेका थिए। कार्यक्रममा अर्जुनलाई पब्लिकले मलाइकालाघ कस्तो छ भनेर सोधेका थिए, जसको जवाफमा अर्जुनले भने, ‘म अहिले सिंगल छु, आराम गर्नुहोस्।’
फिल्म ‘मेरे हजबेन्डकी बीवी’ अर्जुन कपूर भूमि पेडनेकर र रकुल प्रीत सिंहसँग देखिनेछन्। यो वर्षको फेब्रुअरी २१ मा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया