कला


हलमा कस्तो चल्दैछ प्रदीप अभिनीत फिल्म ‘एक्टर: टेक वान’?

हलमा कस्तो चल्दैछ प्रदीप अभिनीत फिल्म ‘एक्टर: टेक वान’?

नेपालखबर
माघ २०, २०८१ आइतबार १३:५८, काठमाडौँ

कानुनी झमेलापछि अन्ततस् फिल्म ‘एक्टर: टेक वान’ शुक्रबारदेखि प्रदर्शन भइसकेको छ। पहिलो दिन सुस्त रहेपनि शनिबारदेखि फिल्मले दर्शकहरुको राम्रो साथ पाइरहेको फिल्मका निर्माता थमन कुमार भण्डारीले जानकारी दिए।

शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको राम्रो उपस्थिति थियो। शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जनाएको छ। 

साथै, शनिबार फिल्मका मुख्य कलाकारहरु हल भिजिटमा निस्केका थिए। अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगे। 

शनिबार दिउँसो लबिम मलस्थित क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टरस् टेक टु’ को समेत माग गरे। फिल्मको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘एक्टरस् टेक टु’ नारा लगाएका थिए।

चलचित्र हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन्। 

निर्माता भण्डारीले शनिबार फिल्मले १ करोड बढीको व्यापार गरेको समेत दाबी गरे। ‘बिदा भएकाले शुक्रबार र शनिबारको जम्मा कलेक्सन निकाल्न बाँकी छ। पहिलो दिन ढिलो शो सुरु हुँदा खासै राम्रो हुन सकेन। तर, शनिबार भने १ करोड माथिको व्यापार भएको छ,’उनले नेपालखबरसँगको कुराकानीमा भने। 

उनका अनुसार आज निर्माण टिम दर्शकलाई भेट्न नेपालगञ्ज जाँदैछ। आजपनि दर्शकहरुको राम्रै साथ रहेको उनको भनाइ छ। 

यस फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका अभिनय छ। राजन भुसाल निर्देशित यस फिल्मको कथा आकाश बराल र निर्देशक भुसालले लेखेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad