अभिनेत्री अरुणिमा लम्सालले सामाजिक सञ्जालबाट बिहेका तस्विरहरू हटाएकी छिन्। यतिखेर अरुणिमाको फेसबुक र इन्स्टाग्राममा श्रीमान् र बिहेका तस्बिरहरू छैनन्।
गत भदौ ३ गते अरुणिमाले नेपाली कांग्रेसका युवा नेता युवराज श्रेष्ठसँग बिहे गरेकी थिइन्। श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन्। बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्।
बिहेपछि अमेरिकामा रहेकी अरुणिमाले तस्बिर हटाउनुका साथै युवराजलाई अनफलो समेत गरेकी छिन्। दुबैले इन्स्टाग्राममा एकअर्कालाई फलो गरेको देखिँदैन।
सामाजिक सञ्जालमा बिहेको फोटो हटाएपछि उनीहरूबीच सम्बन्ध बिग्रेको भनेर टिप्पणी हुन थालेको छ।
यद्यपि, युवराजले भने बिहेको तस्बिरहरू हटाएका छैनन्। बिहेको केही समयपछि श्रीमतीसँगै अमेरिका जाने भनेका युवराज नेपालमै छन्।
अरुणिमाको यो दोस्रो बिहे हो। यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन्। पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थिइन्।
Shares

प्रतिक्रिया