कला


गायक सुशान्त केसीले आनालाई गरे अनफलो

गायक सुशान्त केसीले आनालाई गरे अनफलो

नेपालखबर
माघ २०, २०८१ आइतबार १६:५३, काठमाडौँ

गायक सुशान्त केसी र अभिनेत्री आना शर्मा केही समयदेखि प्रेमसम्बन्धका कारण चर्चामा छन्। यसैबीच, सुशान्तले आनालाई टिकटकमा अनफलो गरेका छन्। 

सुशान्त र आनाको प्रेम सम्बन्ध राम्रो रहेको बताइन्छ। उनीहरूको सम्बन्धलाई लिएर केही नराम्रो हल्ला चलेको छैन। तर, सुशान्तले एक्कासी अनफलो गरेपछि उनीहरूको सम्बन्धमा दरार त आएको छैन भन्ने प्रश्न उब्जिएको छ। 

सुशान्तले एकजना आनालाई मात्रै फलो गरेका थिए। जसले प्रेमी सुशान्तजस्तो हुनुपर्ने भन्दै उनको निकै चर्चासमेत चलेको थियो। तर, अहिले सुशान्तको फलोइङमा लिस्टमा शुन्य अंक देखिन्छ।

अहिले सुशान्तले आनालाई अनफलो गर्दा फ्यानहरू अचम्मित भएका छन्। उनीहरूले आश्चर्य व्यक्त गर्दै कमेन्ट गरिरहेका छन्। कतिपयले भने सुशान्तले आगामी गीतको लागि 'पब्लिसिटी स्टन्ट' गरेको अनुमान पनि गरेका छन्। किनकी उनी नयाँ गीत रिलिज गर्ने तयारीमा छन्। 

तर, इन्स्टाग्राममा भने दुवैले एकअर्कालाई अनफलो गरेका छैनन्।  सुशान्त र आनाले पछिल्लो गीत ‘बार्दली’ एकसाथ सहकार्य गरेका थिए। उक्त गीतले निकै चर्चा बटुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad