यसवर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गरेको छ। बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारेर फिल्म ‘मितज्यू’ घोषणा गरिएको हो।
जनक घर्ती मगरको लगानीमा बन्ने फिल्मलाई अनिल बुढा मगरको निर्देशन गर्नेछन्।
सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ। भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ। पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा छनक दिएको थाहा हुन्छ।
यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको हो। यो वर्ष ५१ औं दिन मनाउने सिनेमा सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुनेछ। फिल्ममा को(को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन्। केही दिनपछि बाट सिनेमाको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगरले बताए। यो फिल्म २०८२ को चैत्र २७ गतेबाट प्रदर्शन हुने बताइएको छ।
महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्। नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन्। यस सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ।
Shares

प्रतिक्रिया