कला


सन्दीप बोहोराको कविता संग्रह  ‘अपरावर्ती’ सार्वजनिक

सन्दीप बोहोराको कविता संग्रह  ‘अपरावर्ती’ सार्वजनिक

नेपालखबर
माघ २२, २०८१ मंगलबार ७:११, काठमाडौँ

लेखक तथा कवि सन्दीप बोहोरा क्षेत्रीको कविता संग्रह ‘अपरावर्ती’ सार्वजनिक गरिएको छ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर ‘देव डी प्रोडक्सन’ले आज सो सङ्ग्रह बजारमा ल्याएको हो। सङ्ग्रहमा ८७ कविता रहेका क्षेत्रीले जानकारी दिए। उनले समाजमा देखेका विषय र आफ्ना भोगाइलाई समेटेर कविता सङ्ग्रह तयार गरेको बताए।

विसं २०७२ देखि नै कविता लेख्ने गरेता पनि पाँच वर्षयता लेखेका  कवितालाई समेटेर पहिलो सङ्ग्रह प्रकाशन गरिएको क्षेत्रीले बताए। 

काम पूरा गर्ने वा हार नमान्ने अर्थ लाग्ने ‘अपरावर्ती’मा आफ्नो जीवनको भोगाइ रहेको कवि क्षेत्रीको भनाई छ। 

‘यो एउटा सङ्घर्षरत व्यक्तिको भोगाइलाई कवितामार्फत व्यक्त गरिएको भावना हो। जसले जीवनमा हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेका छन्’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad