जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गरी आयोजक संवाद फाउण्डेसनले यसबारेमा जानकारी दिएको हो। महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ।
महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलकार हुने बताइन्।
उनले कला र महिलाको जननी मिथिला सभ्यता भएको बताइन्। महोत्सवले नेपालको पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिएको पनि उनको भनाई थियो।
महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्व बुझाउनु रहेको बताइएको छ। साथै नेपाली चलचित्रलाई विश्वभर प्रश्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ।
Shares

प्रतिक्रिया