मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम सार्वजनिक गरिएको छ। लभ स्टोरी जनरामा बन्ने फिल्मको शीर्षक ‘सुम्निमा’राखिएको छ। यो फिल्म गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुनेछ।
नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। यसअघि चाम्सले ‘वीर विक्रम, लिली बिलि, ब्लाइण्ड रक्स,बबी, गोर्खा वारियर’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन्।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्र छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा गरिने छ। चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ।
51
Shares

प्रतिक्रिया