कला


‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी

‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी

नेपालखबर
माघ २३, २०८१ बुधबार १५:५, काठमाडौँ

हलमा प्रदर्शनरत फिल्म ‘एक्टर: टेक वन’ बाट डेब्यु गरेकी दिव्या रायमाझी चर्चामा छिन्। यसैबीच, उनी नेपाली चलचित्र ‘माया प्रीति’ मा मुख्य भूमिकामा देखिने गरी अनुबन्धित भएकी छिन्। निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधबार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन्।

चलचित्रमा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएको भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन्। ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ। 

रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन्। श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ। श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्‌।

दिव्याले आफ्नो पहिलो चलचित्र ‘एक्टर: टेक वन’मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए। उनले रायमाझीको लागि यस चलचित्रको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको बताए।

वन टू थ्री स्टुडियोजको ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन्। चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्। साथै, उनी एक कुशल एआई कलाकार पनि हुन्।

यस चलचित्रको छायाङ्कन चाँडै सुरु हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ। चलचित्रको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad