कला


‘रुकुम मैकोट’ले रच्यो नयाँ कीर्तिमान, बन्यो छोटो समयमा १० करोड भ्युज पाउने गीत (भिडिओ)

‘रुकुम मैकोट’ले रच्यो नयाँ कीर्तिमान, बन्यो छोटो समयमा १० करोड भ्युज पाउने गीत (भिडिओ)

नेपालखबर
माघ २४, २०८१ बिहिबार १२:७, काठमाडौँ

फिल्म ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ले नयाँ कीर्तिमान रचेको छ। यो गीत युट्युवमा सबैभन्दा छिटो १० करोड भ्युज पाउने नेपाली गीत बनेको छ।

बुधबार राति यस गीतले १० करोड क्लबमा प्रवेश गरेको हो। साढे पाँच महिनाअघि सार्वजनिक भएको सुरुवातीदेखिनै चर्चामा थियो। टिकटक र रिल्सतिर छाएको यो गीत असोज(कात्तिकमा दुइमहिना ग्लोबल ट्रेन्डिङमा पर्दै इतिहास रचेको थियो। 

यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड फिल्म ‘घामड शेरे’ को ‘साली मनपर्‍यो’ सँग थियो। २ वर्षमा यस गीतले १० करोड भ्यूज बटुलेको थियो। जसकारण यो वर्षको सर्वाधिक भ्युज पाउन सफल ‘रुकुम मैकोट’ को रेकर्ड तोड्न मुस्किल हुनेछ।
 
सुरेन्द्र रानाको शब्द रहेको यस गीतमा एसडी योगीको संगीत भरेका छन्। साथै गीतमा योगीसहित शान्तिश्री परियारको स्वर रहेको छ। गीतको भिडिओमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन्।  

१० करोड आँकडा पार गरेसँगै अभिनेता धिरज मगरले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad