शुक्रबारदेखि रिलिज हुने फिल्म ‘ममी’को प्रिमियर सो सम्पन्न भएको छ।
बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियर सोमा कलाकारसहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’को सहभागी भए।

प्रिमियर सोमा सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगे।
यस फिल्ममा प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती मुख्य भूमिकामा छन्। प्रिमियर समारोहमा आकाशे नीलो पोसाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए।े

अभिनेत्री मास्के पोतेसहित सेतोकालो पहिरनमा प्रस्तुत भएकी थिइन्।
प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन्। प्रियंकासँगै उनकी आमा पनि प्रिमियर सोमा उपस्थित थिइन्।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले प्रिमियर सो हेरेपछि मिडियालाई प्रतिक्रिया दिँदै विषयवस्तुअनुसार उत्कृष्ट सिनेमा बनेको बताइन्।
धेरै पछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर सिनेमा हेर्न पाएकाले सुन्तुष्टि मिलेको भन्दै सबै दर्शकलाई ढुक्क भएर टिकट काटेर सिनेमा हेर्न अनुरोध गरिन्। अभिनेत्री केकी अधिकारीले पनि सिनेमा राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली सिनेमा क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन्।
अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेकाले सबैलाई सिनेमा हर्न आग्रह गरे। उनीसँगै प्रिमियरमा सहभागी अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ले तर्साउन र समाजमा हुने यस्ता घटनाप्रति सजग गराउने बताइन्।
ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमा समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन् भने तथा समर निरौलाले निर्देशन गरेका हुन्। समर डेब्यु निर्देशक हुन्।
सिनेमाको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला छन्।
Shares

प्रतिक्रिया