आगामी चैत ९ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो।
महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ।
काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ। केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्नेबताइएको छ।
घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तीन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
पत्रकार सम्मेलनमा बोल्दै लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताए।
कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्वासडर घोषणा गरिएको छ।
Shares

प्रतिक्रिया