सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सय दिन मनाएको छ।
तिहारको अवसरमा रिलिज भएको यस फिल्मले शुक्रबार प्रदर्शनको सय दिन मनाएको निर्माण टिमले जनाएको छ।
वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार यस फिल्मले नेपालभरिका १० हलमा सय दिन पूरा गरेको उल्लेख गरेको छ।

क्यूएफएक्सको सिटी स्क्वायर र राइजिङ, रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज, शुभकामना सिनेमा, फ्रेन्ड्स सिनेमाज बुटवलसहितका हलमा फिल्मले सय दिन सेलिब्रेसन गरेको हो।
यस फिल्ममले ४२ दिनसम्म देशव्यापी रुपमा ४९ करोड २५ करोड बढी कलेक्सन गरिसकेको छ। यद्धपी, सय दिनसम्मको हिसाब केही दिनमा सार्वजनिक गरिने वितरक मनोज राठीले जानकारी दिए।
सरोज पौडेलको कथा र लेखन रहेको यस फिल्ममा विजयसहित अञ्जना बराइली, मुकुन भुषाल, प्रकाश सपुत, भोलाराज सापकोटालगायतको अभिनय छ। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया