कला


सलोनको फिल्म ‘रंगी’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

सलोनको फिल्म ‘रंगी’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १५:१२, काठमाडौँ

सलोन बस्नेतको फिल्म ‘रंगी’ ले ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको हो। ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको विशेषत बाबुछोरीको कथामा आधारित छ। आगामी फागुन २ गते रिलिज हुने फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ। प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए।

फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। पूर्व मिस नेपाल नम्रताले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्दैछिन्।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन र सौरभ लामाको छायांकन छ। यस फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad