कला


हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा

हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १६:११, काठमाडौँ

नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्। शुक्रबार  ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा ‘हिजोका हिरो, आजका हिरो’ सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन्।

‘पर्दामा देखिनु मात्र हिरोइजम होइन। हिरोले समाजमा आशा देखाउँछ। हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्‍यो भन्ने पनि हेरिनुपर्छ’ उनले भनिन्।

हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन्।

उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताइन्।

नायिका थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन्।

‘पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो। अहिले परिभाषा बदलिएको छ। अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो। अब हिरो हिरोइन विस्थापित भएको जस्तो लाग्छ,’ उनले भनिन्।

पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन्।

भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्।

थापाले पछिल्लो समय नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएको बताइन्। उनले नेपाली फिल्मलाई माया गर्न आग्रहसमेत गरेकी छन्। उनले नयाँ पुस्तालाई संरक्षण गर्न आग्रहसमेत गरेकी छन्।

यस्तै नायक नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताएका छन्।

‘बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उहाँका लागि हिरो हो। त्यसैले कलाकारले पनि समाजिक क्षेत्रमा काम गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad