कला


ईश्वरी बरालले ल्याइन् ‘नैना रेशम’ (भिडिओ)

ईश्वरी बरालले ल्याइन् ‘नैना रेशम’ (भिडिओ)

नेपालखबर
माघ २८, २०८१ सोमबार २०:६, काठमाडौँ

गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडिओ मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्।

गायिका बरालले यसअघि माया छ कि छैन, खानदानी छोरी, हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad