कला


प्रिमियर शोमा रूचाइयो सलोनको फिल्म ‘रंगी’

प्रिमियर शोमा रूचाइयो सलोनको फिल्म ‘रंगी’

नेपालखबर
फागुन १, २०८१ बिहिबार १२:२१, काठमाडौँ

बुधबार गरिएको प्रिमियर शोमा फिल्म ‘रंगी’ लाई सकारात्मक प्रतिक्रिया मिलेको छ। भोलि शुक्रबारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित चलचित्रकर्मीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्म बाबुछोरीको कथामा आधारित छ। अभिनेता सलोन बस्नेतले यसै फिल्मबाट निर्माताको रुपमा डेब्यु गरेका हुन्। 

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले फिल्मको कथावस्तु मन परेको बताए। उनीहरुले फिल्मको कथादेखि कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरे।

फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। यस फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। 

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad