फिल्म ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता विपीन कार्की फिचर्ड छन्। उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ। हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा रहेको अनुमान लगाउन सकिन्छ।
गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको थाहा हुन्छ। पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ। स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ।
यदि, निर्माणपक्षले गरेको दाबी र पोस्टरले गरेको संकेतअनुसार चलचित्र एक्सन जनराको हो भने यो जनरामा विपीन पहिलोपटक देखिनेछन्।
‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले यस फिल्ममा निर्देशन गरेका हुन्। ‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ। यस फिल्ममा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ।मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन्। एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी लेखेका छन्।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ।
Shares

प्रतिक्रिया