कला


चोलो र सारीमा खुलेकी मिस ग्लोब डायना, भन्छिन्- म:म निकै मन पर्‍यो

चोलो र सारीमा खुलेकी मिस ग्लोब डायना, भन्छिन्- म:म निकै मन पर्‍यो

नेपालखबर
फागुन ४, २०८१ आइतबार १४:२३, काठमाडौँ

शनिबारबाट ‘नोभेम्बर मिस्टर एन्ड मिस नेसनल नेपाल’ को काठमाडौंको अडिसन सुरु भइसकेको छ। अडिसन सुरु हुनुअघि प्रेस मिट राखिएको थियो। जहाँ द मिस ग्लोब डायना मोरेनो फरक पहिरनमा देखिइन्। नेपाली परम्परागत पोसाक चोलो र सारीमा देखिएकी डायनाले सबैको ध्यान खिचिन्।

सिताराजडित आकाशे रङको ड्रेसमा देखिएकी उनी निकै सुन्दर देखिएकी थिइन्।

नेपाली परम्परागत पोसाक लगाउँन पाउँदा निकै खुसी लागेको डायनले बताइन्।

‘नेपाली पोसाक लगाउँन पाउँदा म निकै खुसी छु। मैले यहाँ आएपछि मोनिका (मिस ग्लोब नेपाल)लाई नेपालको परम्परागत पोसाक लगाउने भनेकी थिएँ। र, उनले यति राम्रो ड्रेस लगाउन निकै सहयोग गरिन्। वास्तवमै यो नेपाली पहिरन लगाउन पाउँदा म निकै खुसी छु,’ उनले भनिन्।

यो ड्रेस सोनम सुब्बा लिम्बुको डिजाइनमा तयार भएको हो। यो बनाउन दुई हप्ता लागेको थियो। 

पहिलोपटक नेपाल आएकी मिस ग्लोब डायनाले नेपालको बसाइँ निकै रमाइलो लागिरहेको बताइन्। साथै उनले नेपालको परम्परागत संस्कृतिदेखि मानिसहरूको खुलेरै तारिफ गरिन्। 

‘मिस ग्लोबको एसिया टुरको लागि नेपालमा हुन पाउँदा निकै खुसी छु। नेपाल निकै उत्कृष्ट छ। म निकै खुसी छु अडिसनबाट धेरै कुरा सिक्नको लागि। यहाँको स्वागतले म प्रफुल्ल छु। म यहाँका धेरै सुन्दर ठाउँहरू घुमे। जो निकै सुन्दर लागे। परम्परागत संस्कृति मन पर्‍यो। नेपालीहरू निकै दयालु रैछन्। मैले धेरै दिन बसेको देशमध्ये नेपाल एक हो।’

घुमघामसहित उनले नेपाली खानाको विभिन्न परिकारसमेत चाखेको सुनाइन्। भन्छिन्, ‘खासमा म स्पाइसी फुड खादिनाँ। तर, मैले नेपाल आएपछि विभिन्न खानेकुरा चाखेँ। जसमध्ये म:म मलाई निकै मन पर्‍यो। किनकि, यो जापानी खानासँगै मिल्दोजुल्दो लाग्यो। म जापानमा हुर्किएकी हुँ।’ 

डायनाले पाटन दरबारसहित स्वयम्भूनाथ र पशुपतिनाथसमेत घुमघाम गरिन्। उनको घुमघामपछि आमाले पनि नेपाल आउन चाहेको डायनाको भनाइ छ। आफूहरू छिट्टै नेपाल योजना रहेको पनि उनले सुनाइन्। 

सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन्। नेपालबाट पनि मिस ग्लोब मोनिका अधिकारीले प्रतिनिधित्व जनाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad