विश्वचर्तित गायिका सकिरा हाल आफ्नो स्वास्थ्यको कारण सामाजिक सञ्जालमा ट्रेन्डिङमा छिन्। तय भएको कन्सर्टमा नपुगेपछि उनी चर्चामा छाएकी हुन्।
खासमा हिजो सकिरालाई पेरुको एउटा कार्यक्रममा पुग्नुपरेको थियो, जहाँ उनका फ्यानहरू प्रतीक्षामा थिए। तर, त्यसअघि सकिराको स्वास्थ्य यति बिग्रियो कि उनी सिधै अस्पताल गइन्।
सकिरा आफैंले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन्। आफू अस्पतालमा भर्ना भएको र पेट सम्बन्धी समस्याबाट पीडित रहेको उल्लेख गरेकी छिन्।
‘मलाई तपाईंहरू सबैलाई यो जानकारी गराउन पाउँदा दुःख लागेको छ कि मलाई हिजो राति पेटको समस्याका कारण आपतकालीन कक्षमा जानुपरेको थियो र म हाल अस्पतालमा भर्ना छु।’
डाक्टरहरूले उनलाई प्रस्तुति नदिन सल्लाह दिएका छन् किनभने उनी स्टेजमा आउनको लागि उनको अवस्था ठीक छैन।
सकिराले कार्यक्रम रद्द भएकोमा दुस्ख व्यक्त गरेकी छिन्। ‘म पेरुमा मेरा फ्यानहरूका लागि प्रस्तुति दिन उत्सुकतापूर्वक पर्खिरहेको थिएँ। आज मञ्चमा जान नपाएकोमा म धेरै दुःखी छु। पेरुमा मेरा अविश्वसनीय फ्यानहरूलाई भेट्न पाउँदा म धेरै भावुक र उत्साहित थिएँ।’
उनी हाल आफ्नो नयाँ एल्बम ‘लास मुजेरेस या नो लोरान’ को प्रचार गरिरहेकी छिन्। प्रचारको लागि भ्रमणमा। सकिराको भ्रमण ल्याटिन अमेरिकाबाट सुरु हुनेछ। मे महिनामा क्यानडा र अमेरिकामा पनि उनको कन्सर्ट हुने अपेक्षा गरिएको छ।
उनी चाँडै निको हुने र आफ्ना फ्यानहरूलाई आफ्ना गीतहरूमा नाच्न लगाउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया