कला


युवालाई राजेश हमालका सुझावः खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ

युवालाई राजेश हमालका सुझावः खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ

नेपालखबर
फागुन ५, २०८१ सोमबार १४:३४, काठमाडौँ

अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन्।  

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिलेआफ्नो क्षमता पहिचान गर्ने र त्यसपछि सोहीअनुसारको काम गर्नुपर्ने बताएका हुन्।  

‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पु¥याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ,' उनले भने, 'कुनैपनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ। तर यो सहज छैन। त्यसको लागि मेहनत गर्नुपर्छ। कुनैपनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन। गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ।'

उनले ऊर्जावान समयको सदुपयोग गर्न पनि आग्रह गरे। उनले थपे, 'यहाँहरू भोलि कुनै पनि क्षेत्रमा लाग्न चाहनुभयो भने आत्मविश्वासका साथ लाग्नुस्। तपाईंहरूसँग उर्जा छ, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला। आफ्नो प्यासनमा लागि पर्नुस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad