नायिका निता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न मन छ भन्दै थुप्रै प्रश्न गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले केही समययता फोटो खिच्ने र फोटो खिचाउने कामबाहेक ओलीको प्रोफाइलमा केही देख्न नपाएको भन्दै प्रश्नको सुरुवात गरेकी छन्।
'कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज द्विविधामा छु, उनले लेखेकी छन्, 'मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ, भेट्न मन छ, फोटो खिचाउन मन छ तर सँगसँगै धेरै प्रश्नहरू छन्।'
उनले केही प्रश्नहरू मनमा गडिएर बसेको भन्दै भारतमा नेपाली विद्यार्थीले आइतबार ज्यान गुमाएको विषयमा पनि सोधेकी छन्।
'...भर्खरै मात्र भारतको एउटा विद्यालयमा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो, धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ, उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले न्याय माग्दा अपहेलना गर्दै प्रतिकार गर्दा नेपालको बेइजत गरेकी छन्,' उनले भनेकी छन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बेइजतीको जिम्मा कसले लिने? उनको अर्को प्रश्न छ। उनले नेपाल अहिलेको अवस्था पुग्नुको जिम्मेवारी कसले लिने भन्दै सोधेकी छन्।
Shares

प्रतिक्रिया