कला


‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिका जाने मोहको कथा

‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिका जाने मोहको कथा

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १७:३५, काठमाडौँ

फागुन १४ गतेबाट रिलिज हुने फिल्म  ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ। एक कार्यक्रमकाबीच सार्वजनिक सिनेमाको ३ मिनेट ७ सेकेण्डको टिजरले सिनेमा हास्यरसले भरिपूर्ण छ।

फिल्मको ट्रेलर अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको छ।

ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको फिल्मको यो नयाँ सिक्वलले उस्तै कमेडीको छ। फिल्मले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ।

यस फिल्ममा विनयसहित सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ।

फिल्ममा निरोज महर्जनले निर्देशन र कथा छ। आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सहनिर्मातामा एनि थापा छन्।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad