कला


अत्यधिक हिंसात्मक दृश्य भन्दै रोकियो ‘ताण्डवम्’को सेन्सर

अत्यधिक हिंसात्मक दृश्य भन्दै रोकियो ‘ताण्डवम्’को सेन्सर

नेपालखबर
फागुन ७, २०८१ बुधबार १२:४८, काठमाडौँ

फागुन ९ गते शुक्रबारदेखि प्रदर्शन गर्ने तयारीमा रहेको सिनेमा ‘ताण्डवम्’को सेन्सर रोकिएको छ।

फिल्ममा अत्यधिक हिंसात्मक दृश्य रहेकाले ती हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले मंगलबार सेन्सर रोकेको हो।

सेन्सर रोकिएसँगै आज बुधबारलाई राखिएको प्रिमियर शो समेत स्थगित गरिएको छ।

सिनेमा हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए।

‘केही दृश्यहरू अत्यधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको छ। अब ती दृश्यहरू काटेपछि सिनेमाको जुन मर्म छ, त्यो मर्छ। दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ,’ उनले भने।

फिल्ममा ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको निर्देशक जुनिम गहतराजले बताए। यस फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ।

सिनेमाले एक नवविवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad