कला


३० वर्ष पुगेको अवसरमा ‘१९७४ एडी’ले काठमाडौँमा ‘रक यात्रा २’ गर्ने

३० वर्ष पुगेको अवसरमा ‘१९७४ एडी’ले काठमाडौँमा ‘रक यात्रा २’ गर्ने

पत्रकार सम्मेलनका तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ७, २०८१ बुधबार १४:४२, काठमाडौँ

३०औँ वार्षिकोत्सवको अवसरमा चर्चित नेपाली ब्यान्ड ‘१९७४ एडी’ ‍ले काठमाडौँमा ठूलो कन्सर्ट गर्ने भएको छ। चैत २३ गते हायात ग्राउन्डमा ब्यान्डले ‘रक यात्रा २’ गर्न लागेको हो।

ब्यान्डले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ‘रक यात्रा २’बारे जानकारी दिएको हो। जुन कन्सर्टमा १९७४ एडीको रोमाञ्चक प्रस्तुति रहनेछ, जसले ३० वर्षको संगीत यात्रालाई मनाउनेछ। 

‘हामी यो इभेन्टमा सह‌भागी हुने सबैका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने लक्ष्य राख्छौँ। हामीले मनोरञ्जन, संस्कृति र समुदायलाई यसरी संयोजन गरेका छौँ, जसले कार्यक्रममा उपस्थित सबैको भावना उत्सवमय बनाउँछ’, ब्यान्ड म्यानेजर अर्जुन कार्कीले भने।

ब्यान्डले सन् २००० मा काठमाडौँमा ‘रक यात्रा’ गरेको थियो। ६० हजार दर्शकहरूको उपस्थिति रहेको कन्सर्ट अहिलेसम्मको भव्य रहेको ब्यान्डको दाबी छ। त्यसपछि विदेशमा कन्सर्ट गरे पनि नेपालमा रकयात्राले निरन्तरा पाउन सकिरहेको थिएन।

स्थापनाको ३ दशकको अवसरमा ब्यान्डले यसअघि अमेरिका, जापान, अस्ट्रेलियालगायतका देशमा प्रस्तुति दिइसकेको छ। ३० वर्ष मनाउन काठमाडौँमा भने पहिलोपटक कन्सर्ट हुन लागेको हो। लामो समयपछि नेपालमा बृहत कन्सर्ट गर्न पाउँदा खुसी लागेको ब्यान्डले जनाएको छ। 

यो केवल एउटा कार्यक्रम मात्र नभई सबै उमेर र रुचिका दर्शकहरूलाई आकर्षित गर्ने अनुभव पनि भएको ब्यान्डले जनाएको छ। यस कन्सर्टका लागि टिकट मूल्य साधारण ९९९, फ्यानपिट एक हजार ८००, भीआईपी २५०० र भीभीआईपीतर्फ ८ हजार रुपैयाँ राखिएको छ। जसलाई इसेवामार्फत लिन सकिन्छ।

ब्यान्डमा निराकार याकथुम्बा, मनोजकुमार केसी, संजय श्रेष्ठ, फिरोज स्याङ्देन, मनोज सिंह र एड्रिअन प्रधान लाइनअपमा छन्। 

ब्यान्डका नेपाली हो, छुँदैन, हिँड्दा हिँड्दै, पिँजडाको सुगा, परेलीमा, जंगी निशाना, पहिलो जुनीमालगायत हिट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad