कला


हलिउड फिल्ममा सुटिङ गर्दै सलमान, भिडिओ भयो लिक

हलिउड फिल्ममा सुटिङ गर्दै सलमान, भिडिओ भयो लिक

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १२:५१, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले हलिउडमा डेब्यु गर्ने भएका छन्।

उनी अर्जेन्टिनी फिल्म ‘सेभेन डग्स’ को रिमेकमार्फत हलिउडमा देखिन लागेका हुन्।

केही समयदेखि सलमानको हलिउड डेब्यु बारेमा चर्चा चलेको थियो।

यसैबीच सुटिङ सेटबाट उनको एउटा भिडिओ लिक भएको छ, जसमा सलमानलाई फिल्मको सेटमा ड्यासिङ अवतारमा देख्न सकिन्छ।

भारतीय समाचारमाध्यमअनुसार हालै सलमान दुबईमा एक दिनका लागि सुटिङ गरेका थिए, जहाँ मुम्बईको धारावी बस्तीजस्तो विशाल सेट विशेष रूपमा निर्माण गरिएको छ।

सलमानको भूमिकाबारे खुलेको छैन। तर उनी यस फिल्ममा विशेष भूमिकामा देखिन लागेको बताइएको छ।

सलमान खान र सञ्जय दत्त मिल्ने साथी हुन्। दुवैले धेरै थुप्रै चलचित्रमा सँगै काम गरेका छन्।

अब यी दुई हलिउड फिल्ममा सँगै देखिने विश्वास गरिएको छ। यो थ्रिलर फिल्ममा सलमान र सञ्जयले केमियो भूमिका निर्वाह गर्नेछन्।

हाल फिल्मको छायांकन साउदी अरबमा भइरहेको छ। भिडिओ लिक भएपछि यो चलचित्रको चर्चा झनै बढेको छ।

यस वर्ष फ्यान सलमान खानको बहुप्रतिक्षित फिल्म सिकंदर पनि रिलिज हुँदै छ।

फिल्ममा उनीसँगै अभिनेत्री रश्मिका मन्डाना देखिनेछिन्।

यो फिल्म सन् इदको अवसरमा रिलिज हुनेछ।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad