कला


१० वर्षपछि ‘माग्ने राजा’मा ‘माग्ने बूढा’ र ‘तक्मे बूढा’को जोडी

१० वर्षपछि ‘माग्ने राजा’मा ‘माग्ने बूढा’ र ‘तक्मे बूढा’को जोडी

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १३:३, काठमाडौँ

कलाकार विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’ मा अनुबन्ध भएका छन्।

निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेसँगै चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जोडी देखिने पक्का भएको हो।

उनीहरूले झन्डै १० वर्षपछि चलचित्रमा सँगै काम गर्न लागेका हुन्। एक दशकअघि उनीहरूले ‘राम कहानी’मा सँगै काम गरेका थिए।

त्यसयता निर्माताहरूको अथक प्रयासका बाबजुद उनीहरू फिल्ममा एकसाथ देखिएका थिएनन्। 

विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामकरण पनि केदार घिमिरेले नै गरिदिएका थिए।

विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरु मान्ने गरेका छन्।

मंगलबार चलचित्रमा तक्मे बुढालाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछि सहकार्य हुन लाग्दा उत्साहित भएको प्रतिक्रिया दिए।

‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ। अथक प्रयासका बाबजुद पनि जुरेको थिएन। तर, माग्ने राजामा हामी दुवैलाई अटाउने भूमिका निस्कियो। यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ’, उनले भने।

माग्ने बुढासँग काम गर्न पाउँदा तक्मे बुढा पनि निकै उत्साहित छन्।

उनले चलचित्रमा काम गर्ने प्रस्ताव आएदेखि नै पुराना दिन याद आएको बताए।

‘उहाँले र मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज सो गरेका थियौँ। सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ। चलचित्रमा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन। यो चलचित्रले त्यो चाहना पूरा गरिदिएको छ। बूढाहरूको जोडीले पहिलेझैँ दर्शक हँसाउने पक्का छ’, विल्सनले भने।

ऋषि लामिछानेको निर्देशनमा बन्ने यस फिल्ममा वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगाय कलाकार पक्का भइसकेका छन्।

आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा छ।

फिल्मको सुटिङ शिवरात्रीका दिन सुरु गरिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad