चर्चित कालजयी गीत ‘गाजलु ती ठूला ठूला आँखा’को नयाँ भिडिओ सार्वजनिक गरिएको छ।
स्वर्गीय राजा एमबीबी शाह (महेन्द्र वीरविक्रम शाह)ले लेखेको गीतमा उस्ताद गुलाम अलिको सुमधुर रहेको छ। त्यस्तै, दीपक जङ्गमले गीतमा संगीत दिएका छन्।
यो गीत पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो। उस्ताद गुलाम अलिले नेपाल भ्रमणका क्रममा चारवटा गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठूला ठूला आँखा’ पनि समावेश थियो। यो गीत तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको थियो।
हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडिओ निर्माण गरेर सार्वजनिक गरेको हो। गीतको भिडिओमा शङ्कर श्रेष्ठ र अञ्जना बराइलीको अभिनय छ।
भिडिओको अवधारणा तयार र निर्देशन सुब्रत आचार्यले गरेको भिडिओमा उत्सव दाहालले खिँचेका हुन्। भिडिओको सम्पादन विकास दाहालले गरेका छन्।
सहायक निर्देशक साईब्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गरेका छन्, क्रिएटिभ निर्देशन जया शर्माले गरेकी छन्।
‘गाजलु ती ठूला ठूला आँखा’ गीतले नेपाली सङ्गीतप्रेमीहरूको मनमा विशेष स्थान बनाएको छ।
यस गीतको लोकप्रियता नेपालमा मात्र सीमित नभई छिमेकी मुलुकहरूमा पनि छ । पाकिस्तानी गायिका सारा राजा खानले पनि यो गीत गाएर सामाजिक सञ्जालमा चर्चा पाएकी थिइन्।
यस गीतको नयाँ भिडियोले पुरानो सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ।
Shares

प्रतिक्रिया