कला


अमेरिकाले भिसा नदिएपछि सुजन चापागाईं टिमको कार्यक्रम रद्द

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाईं टिमको कार्यक्रम रद्द

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १५:४०, काठमाडौँ

गायक सुजन चापागाईंको ब्यान्डको अमेरिकामा तय भएको कार्यक्रम स्थगित भएको छ। नेपाल स्थित अमेरिकी राजदूतावासले ब्यान्डका सबै सदस्यको भिसा नदिएपछी कार्यक्रम रद्द गरिएको गायक चापागाईंले जानकारी दिए।

२०२५ मार्च देखि अमेरिकाको बिभिन्न राज्यका बिभिन्न शहरमा तय भएको हाम्रो सांगीतिक यात्रा (आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) हुने तय भएको थियो।

नेपाल स्थित अमेरिकी राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेका चापागाईंले फेसबुकमा उल्लेख गरेका छ्न्।

‘लगभग २वर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुनः सुरुवात गर्ने वाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ’ उनले फेसबुकमा लेखेका छन्, ‘यो अनिश्चितताको कारण पर्न गएको असरप्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु।  
हामी पुनः भेटने छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad