कला


‘फेरि रेशम फिलिली’ आजदेखि सिनेमा घरमा

‘फेरि रेशम फिलिली’ आजदेखि सिनेमा घरमा

नेपालखबर
फागुन १४, २०८१ बुधबार १७:१७, काठमाडौँ

नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ बुधबारदेखि प्रदर्शनमा आएको छ।

सिनेमा आर्ट्सको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ।

चलचित्रको मंगलबार साँझ ‘ग्रान्ड प्रिमियर’ समेत गरिएको छ। ललितपुरमा भएको प्रिमियरमा चलचित्रका कलाकार तथा अन्य थुप्रै कलाककर्मीको सहभागिता थियो।

चलचित्रले प्रिमियर सोमा निकै सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ। सोपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाइलो रहेकोले एकछिन पनि बोर नहुने बताए। नेपाली युवामा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको उनको भनाइ थियो।

अभिनेत्री ऋचा शर्माले चलचित्रका कलाकारहरूको अभिनयको प्रशंसा गरिन्।

निरज महर्जनले निर्देशन गरेको चलचित्रमा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ।

फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक अधिकांश टिम पुरानै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad