कला


दुईपटक अस्कर जितेका अभिनेता जिन ह्याकम्यान र उनकी पत्नी घरमै मृत फेला

दुईपटक अस्कर जितेका अभिनेता जिन ह्याकम्यान र उनकी पत्नी घरमै मृत फेला

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:६,

अस्कर विजेता हलिउड अभिनेता जिन ह्याकम्यान र उनकी पत्नी बेट्सी आराकावा आफ्नै घरमा मृत फेला परेका छन्। अमेरिकाको न्यु मेक्सिको राज्यस्थित सान्टा फेमा उनीहरुको शव फेला परेको हो।

ह्याकम्यान ९५ र उनकी पत्नी ६३ वर्षका थिए। 

सान्टा फे प्रहरीले भनेको छ, ‘जिन ह्याकम्यान र उनकी पत्नी दुवै बुधबार दिउँसो आफ्नो निवासमा मृत फेला परेको हामी पुष्टि गर्छौं। अनुसन्धान चलिरहेको छ। तर, कुनै आपराधिक गतिविधि कारक भएको विश्वास हामीलाई छैन।’

ह्याकम्यानले ६ दशकभन्दा लामो अभिनय करिअरमा २ ओस्कर, २ बाफ्टा, ४ गोल्डेन ग्लोब्स र १ स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका थिए।

१९७१ को द फ्रेन्च कनेक्सन नामक फिल्मबाट उनले उत्कृष्ट अभिनेता विधामा अस्कर जितेका थिए भने १९९२ मा अनफरगिभन फिल्मबाट उत्कृष्ट सहअभिनेता विधामा।

त्यसबाहेक बोनी एन्ड क्लाइड, आई नेभर स्याङ फर माइ फादर र मिसिसिपी बर्निङ जस्ता फिल्ममा पनि उनको प्रशंसा भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad