कला


‘लाज शरणम्’ले पहिलो दिन कमायो १ करोड १० लाख

‘लाज शरणम्’ले पहिलो दिन कमायो १ करोड १० लाख

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:५८, काठमाडौँ

शिवरात्रीको अवसरमा प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ ले आक्रामक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिन १ करोड १० लाख ग्रस कलेक्सन गरेको हो।

फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलले फिल्मको ओपनिङबारे जानकारी दिए। बुधबारजस्तै बिहिबार पनि फिल्ममा दर्शकहरुको राम्रो साथ रहेको उनले बताए।  
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्।

यस फिल्ममा कुमार र सीतारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय  छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

रिलिजअघि नै ‘लाज शरणम्’ को १५ लाख मूल्य बराबरको अग्रिम टिकट बिक्री भएको थियो। बुधबारनै रिलिज भएका ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले भने कलेक्सन सार्वजनिक गरिसकेका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad